काठमाडौँ । सुनको मूल्य आज एकै दिन प्रतितोला ३ हजार ४ सय रुपियाँ घटेको छ । चाँदी पनि प्रतितोला ७० रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपियाँ, तेजाबी सुनको मूल्य ९४ हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपियाँ निर्धारण गरिएको छ ।
हिजो भने छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपियाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




