२१३ नेपाली सेना शान्ति स्थापनार्थ दक्षिण सुडान प्रस्थान

काठमाडौं । नेपाली सेनाको २१३ जनाको टोली शान्ति मिसन अन्तर्गत दक्षिण सुडान प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली सेनाको टोली परिवर्तन गरिएको हो ।

हाल दक्षिण सुडानमा खटिएको तारादल गण छैटौं डफ्फाको टोलीलाई बदली गर्नका लागि गोरखबहादुर गण सातौं डफ्फाको टोली आइतबार सुडान प्रस्थान गरेको छ । २१३ जनाको सो टोलीको नेतृत्व प्रमुख सेनानी सुशील प्याकुरेलले गरेका छन् ।

यो टोली पुगेपछि दक्षिण सुडानबाट सेनानी दीपक अर्यालको कमाण्डमा रहेको २११ जनाको टोली यही कात्तिक २४ गते बिहान नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस