इटहरीमा खुकुरी प्रहार,दुईजना घाईते

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ७ बज्राहाका दुई जनामाथि खुकरी प्रहार भएको छ । जग्गाको सिमा विवादमा स्थानीय विजय चौधरीका कामदार किरण राई र ज्ञाने राई लाई खुकुरी प्रहार गर्ने जगदिस साहलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कामदार द्धयको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप