सिटिजन्स बैंकद्धारा ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो ११औँ बार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

एक कार्यक्रम बिच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

संघका अध्यक्ष लक्ष्मण शेषले उक्त रकममेची-महाकाली साङ्गगितिक अभियान नामक कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न प्रयोग गरिने कुरा जानकारी गराएका छन् ।

यसका साथै, अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका सिईओ भण्डारीले जानकारी गराएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री