ओपो एफ-७ सार्वजनिक

काठमाडौं । ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफ-सेेभेन नेपाली बजारमा सार्वजनिक भएको छ । काठमाडौंको हायात होटलमा एक कार्यक्रमबा बीच नायिका मलिना जोशी र अदिती बुढाथोकीले यो बहुप्रतिक्षित फोन सार्वजनिक गरे ।  सेल्फीमा क्रन्ति ल्याउन सफ ओप्पोले अर्को उच्च स्तरको फोन नेपाली बजारमा ल्याएको हो ।

सुपर फुल स्क्रिन र परिस्कृत मल्टिटास्किङ सफ्टवेयर सहितको एफसेवेनले प्रयोगकर्तालाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्छ । मूल्य ३६ हजार ६ सय ५० निर्धारण गरिएको ओपो एफसेवेन ६४ जीबी, ४ जीबी र्यामका साथमा नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज -एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रन्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ ।

नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ । ओपो एफसेवेनमा उद्योगकै अग्रणी २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल-टाइम एचडीआर प्रविधि उपलब्ध गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री