संक्रमित कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या, आईसीयूमा भर्ना गरियो

काठमाडौं । कोरोना संक्रमित भएका बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार थालिएको छ । गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए । त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका थिए ।

तर अक्सिजन लेभल कम भएपछि उनलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल जानुपूर्व उनले फेसबुकमा स्टाटस लेखेका थिए । आफूलाई पूर्ण सुधार नभएको र  शरीरले फरक-फरक प्रतिक्रिया देखाइरहेको उनले जानकारी दिएका थिए ।

अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । गजुरेलका निकट हाँस्य व्यंग्य कवि लक्ष्मण गाम्नाङेले लक्षणसहितको संक्रमण भए पनि उनको अवस्था धेरै गम्भिर नरहेको जानकारी दिएका छन् । गाम्नाङेले भने, ‘धेरै ठूलो समस्या होइन, सामान्य पनि होइन । ठिक हुन्छ । एकदमै राम्रोसँग उपचार भइरहेको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस