काठमाडौं ।डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले DishHome मा Dealer दाईको Discount नामक अफर संचालन गरिरहेको छ ।
यसै अफरलाई डिशहोमले वडा दशैंसंगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाई मार्फत Fund Transfer बाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Drawमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा
Weekly Lucky Draw मा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक – एक लाख नगद उपहार यस अफर मार्फत जित्नु हुनेछ ।
Weekly Lucky Draw को बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको CAS ID को आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, र रमाईलो टिभीमा Lucky Draw को प्रत्यक्ष प्रशारण हुन्छ ।
अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।




