आइएमई जनरल इन्स्योरेन्स र मेडिसिटीबीच सम्झौता

 काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ।उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक  विजय रिमालले हस्ताक्षर गरे ।

सम्झौतामा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यास लेख हस्पिटलाइजेशन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद  दिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बिमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्न व्यवस्थापन प्रतिवद्ध रहेको जानकारी दिए।

उक्त कार्यक्रममा नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयाराम र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका महाप्रबन्धक पवन थापाको पनि उपस्थिती रहेको थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस