प्रभु बैंक लिमिटेडले आफनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा नवलपरासी पुर्व जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आप्mनो २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफनो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफनो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा ATM ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
तपाईंको प्रतिकृया




