काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ४ सयले बढेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको रु ९५ हजारमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलाको रु ५ ले बढेर प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




