भारतमा कोरोनाबाट २४ घण्टामा ४९० जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४९० जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख २३ हजार ९७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार ३१० जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ । भारतमा कुल संक्रमित ८२ लाख ६७ हजार ६२३ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ७६ लाख ३ हजार १२१ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ५८ हजार ३२३ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै ५ लाख ४१ हजार ४०५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ११ करोड १७ लाख ८९ हजार ३५० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ४६ हजार २४७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री