काठमाडौं । आज आइतबार उपत्यकामा थप १ हजार ६२२ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार ३६२ जना , ललितपुरमा १६४ जना र भक्तपुरमा ९६ जना गरि कुल १ हजार ६२२ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ भने संक्रमित मध्ये १ लाख ३४ हजार ८४२ जना उपचारपछि निको भएका छन्।
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ ।
तपाईंको प्रतिकृया



