काठमाडौं ।आज आइतबार थप २ हजार ८२४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ भने आज २३ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये १ लाख ३४ हजार ८४२ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ।
तपाईंको प्रतिकृया



