बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, लुम्बिनी प्रदेशमा मृत्तक संख्या १४० पुग्यो

बाँके । कोरोना भाइरस संक्रमणबाट लुम्बिनी प्रदेश अन्तर्गतको बाँकेमा थप एक जनाको ज्यान गएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि २७ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार राति १० बजेतिर उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्ग अनुसार योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १४० पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा …

प्रतिकृया दिनुहॊस