एनएमबी बैंकको एपबाट दशैंमा दक्षिणा पठाउँदा ३ सय रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । एनएमबि बैंकले दसैंको दक्षिणा मोबाइल बैकिङबाट दिँदा ३ सय रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ ।

नेपालीहरुको महान चाड दशैंलाई लक्षित ल्याइएको अफर अन्तर्गत दशमीको दिन मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा ३ सय रूपैयाँसम्म क्यासब्याक पाउने भएका हुन् ।

एनएमबि नेपालकै पहिलो बैंक हो जसले ओम्नी च्यानल शुरु गरी मोबाईलबाटै केवाईसी अपडेट लगायतका बिभिन्न दैनिक उपभोग्य बस्तुको भुक्तानी र फण्ड ट्रान्सफर सुविधाहरु घरमै बसी बसी उपभोग गर्ने योजना ल्याइसकेको छ ।

बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस