काठमाडौं । सेञ्चुरी बैंकले ३ महिनामै १०३ प्रतिशतले नाफा बढाएको छ । २०७४ पुस मसान्तमा ३२ करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ६३ करोड पुर्याएको हो ।
बैंकले तीन महिनामै आफ्नो खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर एक अर्ब २२ करोड पुर्याएको देखिन्छ भने १३ करोड राइट ब्याकबाट प्राप्त गरेको छ । बैंकले २०७४ चैत मसान्तमा ४ अर्ब १९ करोेड ब्याज आम्दानी गरेर २ अर्ब ९७ करोड ब्याज खर्च गरेको छ ।
५२ अर्ब निक्षेप संकलन गरेको बैंकले ५० अर्ब कर्जा लगानी गरेको देखिन्छ । ०.७६ प्रतिशत खराब कर्जा रहेको बैंकको आधार ब्याजदर १२.०६ प्रतिशत छछ भने सिसिडी रेसियो ७८.१८ प्रतिशत र स्प्रेड दर ४.१३ प्रतिशत छ । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ ।
प्रतिकृया दिनुहॊस