युवतीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटियो

काठमाडौं ।काठमाडौंको कालिमाटी  चोकमा  एसिडको बोतल देखाएर  तीन लाख रुपैयाँ लुटिएको छ । चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेजमा दुई कर्मचारीलाई एसिडको बोतल देखाएर तीन लाख रुपैयाँ लुटिएको हो ।

क्रिष्टल ईन्टर प्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोइराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर पैसा नदिए अनुहार बिगारिदिने भन्दै लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार लुटपाट गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री