जवरजस्ती करणी उद्योगका फरार प्रतिबादीहरु पक्राउ

मोरङ। जवरजस्ती करणी उद्योगका तिन जना फरार प्रतिबादीहरु पक्राउ  परेका  छ । पक्राउ पर्नेमा मोरङ धनपालथान-७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल र २३ बर्षीय मन्जित मण्डल रहेका छन ।

उनिहरुलाई हिजो राती ८ बजे आफ्नै गाँउ घर एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका तिनै जनाले मिति-२०७६ साल साउन १५ गते राती ११ बजे मोरङकै १३ बर्षीया र १९ बर्षीयालाइ जवरजस्ती करणी उद्योग गरी फरार रहेका थिए ।पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीले  कानुनी कारबाही अगाडी बढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री