कक्षा ११ को परीक्षाको वैशाख १४ गतेदेखि

काठमाडौं । कक्षा ११ को परीक्षाको यही वैशाख १४ गतेदेखि  सञ्चालन हुने भएको छ । त्यसै गरी कक्षा १२ को परीक्षा वैशाख ३० गतेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंँले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका छन् ।

नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशाक अनिवार्य गर्न, परीक्षा कक्षमा परीक्षार्थीले लगबुक, ग्राफपेपर, क्यालकुलेटर, गोश्वारा भौचर, कलम, मसी, इन्स्टु«मेण्ट बक्स र मलेप फाराम मात्र लान पाउने व्यवस्था गर्ने, परीक्षा सञ्चालन अवधिमा समस्या आएमा सम्बन्धित निकायमा टिपाउने र प्राप्त निर्देशनबमोजिम परीक्षा सञ्चालन गर्ने प्रतिबद्घता व्यक्त गरेका छन् ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री