बाग्लुङकी ४८ बर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट सोमबार थप एक जनाको निधन भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर १३ की ४८ बर्षिय संक्रमित महिलाको मृत्यु भएको छ ।

निज महिला जिल्ला अस्पताल पर्बतमा आइतबार साँझ ७ बजे उपचारको क्रममा निधन भएको हो । उनको आइतबार नै कोरोना पुष्टि भएको थियो । उनलाई मधुमेहको समस्या रहेको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री