काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट शुरु गरेकाे क्युआर कोड स्क्यान गरी रकम भुक्तानी लिने सुविधा सबै शाखामा सुरु गरेकाे छ ।
बैंकले देशभरकाे ९१ शाखामा याे सेवा सुरु गरेकाे हाे ।यस अन्तर्गत ग्राहकहरुले अधिकतम १ लाखसम्मको रकम आफनो आवश्यकता अनुसार क्युआर कोड स्क्यान (QR code scan) गरी भुक्तानी लिन सक्नेछन् ।
चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड -१९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको जनाएकाे छ ।
तपाईंको प्रतिकृया




