काठमाडौं ।आज आईतवार थप २ हजार ९२४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९२४ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ भने आज १२ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये ९२ हजार १६६ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ।
तपाईंको प्रतिकृया




