कोरोनाबाट बाँकेमा १८ वर्षीया युवतीसहित थप दुई जनाको निधन

बाँके । कोरोना भाइरस संक्रमणबाट बाँकेमा १८ वर्षीया युवतीसहित थप दुई जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत थप दुई संक्रमितको गए राति आधा घण्टाको फरकमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

मृत्युु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरका ६१ वर्षीय पुरुष र उपमहानगरपालिका– १८ कारकाँदोकी १८ वर्षीषा युवती रहेका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

भृकुटीनगर निवासी ६१ वर्षीय पुरुषको शुक्रवार राति ९ बजे र १८ वर्षीय युवतीको ९ः ३० बजे मृत्यु भएको श्रेष्ठले बताएका छन् । असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो। उनलाई प्लाजामा थेरापी लगायत विधिबाट पनि उपचार गरिएको थियो ।

यस्तै असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीया युवतीमा पनि शवासप्रश्वासमा समस्या रहेको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस