मृत अवस्थामा फेला परेका युवकको हत्या भएको पुष्टि

झापा ।झापा कनकाई नगरपालिका-३ स्थित सुरुङा खोलाको डिलमारहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ । कनकाई ३ मा  बसोबास गर्ने चौधरी  बुधबार  विहान ०६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए ।

।अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न कनकाई ७ का २२ बर्षीय टल्के भन्ने रविन राजबंशीलाइ ८ घण्टा भित्रै पक्राउ गरी आज ईलाका प्रहरी कार्यालय अनारमनिबाट सार्वजनिक गरिएको हो । मृतक चौधरी र राजबंशी दुबै जना लुकिछिपी लागुऔषध सेवन गर्ने साथै लागुऔषध सेवनकै विषयमा उनीहरु विच बादविवाद भएपछी मंलबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजबंशीले पछाडीबाट बन्चरोले शरिरका विभिन्न भागमा प्रहार गरेर हत्या गरी शवलाई बाँसघारीमा राखेर उनि फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी  जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस