सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने

काठमाडौं । सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने भएका छन् ।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको हो ।

बैंकका ग्राहकले सनराइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रतिबस टिकट २ सय रुपैयाँ र हवाई टिकटमा प्रतिटिकट ३ सय रुपैयाँका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ । बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गतेसम्मको लागी यो योजना ल्याएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘८% नबिल डिवेन्चर २०८९’को निष्काशनको लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा …

प्रतिकृया दिनुहॊस