ग्लोबल आइएमई बैंककाे दमेक र उच्चाकोटमा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडाैं । ग्लोबल आइएमई बैंकले बाग्लुङ्गको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बाग्लुङ्गको जिल्लाको जैमिनी नगरपालिका वडा नं. -३, दमेकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा टेक बहादुर कामी र डोटीको जिल्लाको शिखर नगरपालिका वडा नं. -९, उच्चाकोटमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएकाे छ ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिनेछ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको बैंकले जनाएकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री