अनुसन्धान भन्छ- केहि सतहमा २८ दिनसम्म जीवित रहन्छ कोरोना भाइरस !

काठमाडौँ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बैंक नोट, मोबाइल फोनको स्क्रिन र स्टेनलेस स्टील जस्ता साथमा २८ दिन सम्म रहन सक्ने बताएका छन् ।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययनमा यस्तो खुलासा भएको हो । एजेन्सीले सार्स कोभिड-२ भाइरस सोचेभन्दा बढी समयसम्म जीवित रहन सक्ने बताएको छ ।

यद्यपी यो अध्ययन अध्यारो र स्थिर तापक्रममा गरिएको थियो । यस अघि गरिएको अनुसन्धानमा अल्ट्रावायलेट लाइटमा भाइरस मर्ने बताइएको थियो । सतहमा जीवित रहेको भाइरस फेरी मानिसलाई सार्ने खतरा कति हुन्छ भन्ने बारेमा भने यकिन गरिएको छैन ।

यस अघि गरिएका अनुसन्धानले बैंक नोट र काचमा कोरोना भाइरस २ देखि ३ दिन सम्म जीवित रहन सक्ने बताइएको थियो भएन प्लाष्टिक र स्टेनलेस स्टीलको सतहमा ६ दिनसम्म जीवित रहने बताइएको थियो ।

अस्ट्रेलियाको यो अनुसन्धानमा भने फरक नतिजा आएको छ ।अस्ट्रेलियाली एजेन्सी सीएसआइआरओको अनुसन्धानले भाइरस निकै बलियो रहेको निष्कर्ष निकाल्दै २० डिग्री सेल्सियस तापक्रम र अध्यारोमा मोबाइल फोनको काच, प्लाष्टिक र बैंक नोट जस्ता चिजको साथमा भाइरस २८ दिन सम्म जीवित रहन सक्ने बताएको छ ।

कोरोना भाइरसको तुलनामा यस्तै परिस्थितिमा फ्लूको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ । भाइरलोजी जर्नलमा प्रकाशित रिपोर्टका अनुसार चिसो तापमानमा भन्दा गरम तापक्रममा भाइरस कम समय जीवित रहने गर्दछ । ४० डिग्री सेल्सियसमा केहि साथमा भाइरस २४ घण्टासम्म पनि जीवित नदेखिएको पाइएको छ । त्यस्तै कपडा जस्ता साथमा भाइरस १४ दिनसम्म जीवित रहन सक्ने देखिएको अनुसन्धानमा उल्लेख छ ।

यो अनुसन्धानको नतिजा प्रकाशित भएपछि यसको आलोचना समेत भएको छ । कार्डिफ युनिभर्सिटीका पूर्व निर्देशक प्रोफेसर रान एक्सेलले यो रिसर्चले मानिसहरुमा अनावश्यक डर पैदा गरेको आरोप लगाएका छन् । २८ दिन सम्म भाइरस जीवित हुन्छ भने मानिसहरुमा अनावश्यक डर पैदा गरेको बताउदै उनले कुनै पनि साथमा झरेको भाइरस केहि घण्टाभन्दा बढी जीवित हुन नसक्ने दाबि गरेका छन् ।

यसैबर्ष जुलाईमा रटगर्स युनिभर्सिटीले गरेको एक अध्ययनमा साथमा खसेको थुकका कणबाट संक्रमणको खतरा कम हुने निष्कर्ष निकालेको थियो । प्रोफेसर एक्सेलले अनुसन्धानमा गरिएको अवस्था र वास्तविक जीवनको अवस्था धेरै फरक हुने हुनाले यस्ता अनुसन्धानबाट आएको नतिजा हुबहु हुन्छ भन्न नसकिने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री