राष्ट्र बैंकले भन्यो- यस बर्ष दशैँमा नयाँ नोट सटही हुदैन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस बर्ष नयाँ नोट नसाटने जानकारी गराएको छ । हरेक बर्ष राष्ट्रिय चाड बडादशैं अगाडी सर्बसाधारणका लागि नयाँ नोट साट्ने व्यवस्था गरिरहेकोमा यस बर्ष कोरोना महामारीका कारण नयाँ नोट सटही नहुने राष्ट्र बैंकले बताएको छ ।

बैंकले भनेको छ, ‘हाल यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएको परिपेक्ष्यमाआम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यलयहरुबाट यस बर्षको बडा दशैँको प्रयोजनको लागि नयाँ नोट सटहीको सुबिधा प्रदान नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री