भारतमा संक्रमितको संख्या ७० लाख नाघ्यो, एक लाख ८ हजारको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको भएपनि केहि दिन यता भने अलिकति घटेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९१८ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ८ हजार ३३४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७४ हजार ३८३ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ । भारतमा कुल संक्रमित ७० लाख ५३ हजार ८०७ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ६० लाख ७७ हजार ९७७ जना ठिक भएका छन् । त्यस्तै ८ लाख ६७ हजार ४९६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ८ करोड ६८ लाख ७७ हजार २४२ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ७८ हजार ५४४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इद, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै …

प्रतिकृया दिनुहॊस