माछापुछ्रे बैंक लिमिटेड र टर्की स्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति सदस्य शेरहन काभीले हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता संगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुछ्रे बैंक पहिलो बैंक भएको छ ।

युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्की स्थित अक्टिफ बैंकको पूर्ण स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो र यसको टर्कीमा मात्र ४,७०० भन्दा बढी गा्रहक सेवा केन्द्र रहेका छन् ।
गा्रहकको सन्तुष्टि र गा्रहक सेवामा समर्पित भएको हुदाँ युनिभर्सल पेमेन्ट ट्रान्सफर विश्वभरी नै पैसा पठाउन धेरै मानिसहरुको रोजाइँ समेत रहेको जनाएको छ ।
यो सम्झौतासंगै टर्कीमा कार्यरत करिब १२,००० नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र टर्कीबाट युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुछ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।




