काठमाडौँ । ग्लोबल आइएमई बैङ्क र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट सङ्कलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैङ्कमा बुधवार आयोजित एक कार्यक्रमबीच बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ‘आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि नगदको रूपमा सङ्कलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आईएमए डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास बैङ्कले लिएको छ ।
तपाईंको प्रतिकृया




