१४ घण्टापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुचारु

काठमाडौं । बिहिबार बेलुका उडानको समयमा धावन माार्गबाट चिप्लिएर चौरमा धसिएको मालिन्दो एयरको जहाज दुर्घटना भएको १४ घण्टापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सेवा सुरु भएको छ । दुर्घटनाग्रस्त जहाजलार्इ विमानस्थलको पूर्वतर्फको बुद्ध एयरको ह्याङ्कर नजिकै राखिएपछि त्यसपछि अन्तर्राष्ट्रिय उडान सुरु गरिएको छ ।

नेपाली सेनाका , प्रहरीका , नेपाल वायुसेवा निगमका कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन तथा दुई वटा टोबार प्रयोग गरी विमान तानेका हुन्। मालिन्दो एयरको जहाज बिहिबार बेलुका ९ः४५ मा मलेसिया उडानको क्रममा अनियन्त्रित भएर धावनमार्गबाट चिप्लिएर दक्षिणतर्फ १३९ फिट अगाडि गएर धसिएको वतार्इएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री