काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको २० अर्ब रुपैयाँ रहेको छ ।
यि मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ पुस २१ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७७ चैत्र १४ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि यही असोज १२ गते पनि राष्ट्र बैंकले तीन अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
तपाईंको प्रतिकृया



