चितवनमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । आइतबार बिहान चितवनमा उपचार गराइरहेका एक कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ ।

नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका २ दुम्कीबासका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आइतबार बिहान मृत्यु भएको हो । खोकी, श्वासप्रश्वास र कलेजोमा समस्या भएपछि चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका उनको आइतबार बिहान मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार उनी शनिबार अस्पतालको आईसीयूमा भर्ना भएका थिए । योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after