सुन चाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौँ । आइतबार सुन चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले बढेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप