के नेपालमा फेरि लकडाउन हुँदैछ ?

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर पछिल्लो समय निकै बढ्दै छ । यहीबीच अब नेपालमा फेरि लकडाउन हुनसक्ने अनुमान पनि बढेका छन् । यो अनुमान बढ्नुको कारण हो, कोरोना संक्रमित बढ्दै जानु ।

यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पनि २५ हजारभन्दा बढी संक्रमित भएको खण्डमा नेपालमा लकडाउन लगाउनु पर्ने निष्कर्ष निकालेको थियो । ७ असोजमा स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले यो निर्णय सुनाएका थिए ।

त्यसैले पनि अब आशंका थपिएको छ- के नेपालमा अब साँच्चिकै फेरि लकडाउन हुँदै त छैन ? तर, स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउन गर्ने सरकारको कुनै तयारी नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारेका छन् ।

सरकारको सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि नीजि स्वास्थ्य संघ/संस्था र होटेलमा सक्रिय सङ्क्रमितलाई राख्ने योजना रहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds