अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

काठमाडौँ । कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । आफैले भिडियो संदेश दिदै राष्ट्रपति ट्रम्पले आफु वाल्टर रीड नेशनल मेडिकल अस्पतालमा जान लागेको जानकारी दिएका हुन् ।

ट्रम्पलाई शुक्रबार राति ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । ह्वाइटहाउसले राष्ट्रपति ट्रम्पले थकान महसुस गरेको भएपनि उच्च मनोबलका साथ रहेको जानकारी दिएको छ । साथै ट्रम्पलाई कोरोनाका सामान्य लक्षण रहेको बताइएको छ ।

७४ बर्षिय राष्ट्रपति ट्रम्प हेलिकप्टरबाट वाल्टर रीड अस्पताल पुगेका छन् । उनीसँगै संक्रमण पुष्टि भएकी प्रथम महिला मेलानिया ट्रम्पको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । ट्रम्पले भिडियो सन्देसमार्फत आफुलाई स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले आफु र प्रथम महिला मेलानियालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए । ट्रम्प प्रशासनकी पूर्व कम्युनिकेसन निर्देशक होप हिक्स कोरोना संक्रमित भएपछि ट्रम्पले कोरोना परिक्षण गराएका थिए ।

ट्रम्पले हिक्सलाई फेरी सल्लाहकारको रुपमा ह्वाइटहाउसमा फर्काउने तयारी गरिरहेका बेला केहि दिनदेखि उनीहरुबीच धेरै पटक भेट भएको अमेरिकी मिडियाहरुले बताएका छन् । बुधबार बिहान भएको बहसमा समेत हिक्स राष्ट्रपति ट्रम्पसँगै गएको बताइएको छ । -एजेन्सी 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस