काठमाडौं ।आज शुक्रबार थप २ हजार ७२२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।संक्रमित मध्ये ६० हजार ६९६ जना उपचारपछि निको भएका छन्।
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५२० पुगेको छ।
तपाईंको प्रतिकृया



