अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतिलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनी पत्नीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्विट गरेर श्रीमति मेलानिया र आफ्नो परीक्षणबाट कोरोनाभाइरस पोजिटिभ नतिजा आएको उल्लेख गरेका छन् ।

ट्रम्पले आफूहरू क्वारेन्टिनमा बस्ने र स्वास्थ्य लाभ गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन् । यसअघि ट्रम्पका सल्लाहकार होप हिक्सलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रम्पले आफू पनि क्वारेन्टिनमा जाने बताएका थिए । अहिले हिक्सलाई कोरोनाका लक्षणहरू पनि देखिएको बीबीसीले जनाएको छ ।

विभिन्न सार्वजनिक स्थलमा मास्क नलाएको तथा सामाजिक दूरी पालन नगरेको भनी राष्ट्रपति ट्रम्पको आलोचना हुने गरेको थियो । राष्ट्रपति ट्रम्पले कोरानोभाइरससँग खेँलाची गरेको तथा मानव स्वास्थ्यलाई कम प्राथमिकता दिएर व्यवसाय चलायमान बनाउने कुरालाई बढी प्राथमिकता दिने नीति लिएको भनी आलोचित छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री