गण्डकी प्रदेशमा थपिए ३८ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज सोमबार थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा ३८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका ४ जना, तनहुँका १७  जना, बाग्लुङका १४ जना, स्याङजाका २ जना र गोरखा १ जना गरी जम्मा ३८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४ हजार ७८ पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री