माछापुच्छ्रे बैङ्कले १०.४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ । माछापुच्छ्रे बैङ्क लिमिटेडले चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने भएको छ । बैङ्कको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (२०७६/७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश अन्तर्गत बैङ्कले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैङ्कको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् वितरण गर्ने समेत निर्णय गरेको छ ।

बैङ्कले गत आर्थिक वर्षमा रु.१ अर्व २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी रु.१४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । चुक्ता पुँजी रु.८ अर्व ४५ करोड ८४ लाख रहको माछापुच्छ्रे बैङ्कको साधारण जगेडा कोषमा रु.१ अर्व ७० करोड रुपैयाँ सञ्चित रहेको छ ।

हाल बैङ्कले १५९ वटा शाखाहरू, १३३ शाखारहित बैङ्किङ सेवा र ५ एक्सटेन्सन काउन्टरबाट सेवा दिइरहेको छ । जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटिएमहरू तथा १ हजार भन्दा बढी पिओएस मार्फत अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको बैङ्कले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after