सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ल्यायो “सिटी एक्स्प्रेस गल्बन्दी टिक–टक च्यालेन्ज”

काठमाडौं ।सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश बिदेशमा रहनु भएका टिक–टक प्रयोगकर्ताहरुका लागी “सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज”को आयोजना गरेको छ । लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल “गल्बन्दी” गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउदै सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको छ ।

सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम , द्वितिय तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश रु .१५ हजार  , रु. १०हजार र रु. ५हजार  नगद पुरस्कार पाउने छ । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई रु ५०० बराबरको मोबाईल टप अप प्रदान गरिनेछ । भिडियो यही असोज १४ गते सम्म पोस्ट गरी सक्नु पर्नेछ जस्को नतिजा असोज २० गते प्रकाशन गरिनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको …

प्रतिकृया दिनुहॊस