सञ्चार गृहमा प्रवेशगरी पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न महासंघको माग

काठमाडौँ । नेपाल पत्रकार महासंघले दिनेश सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन महासंघले आग्रह गरेको छ ।

सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचार चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसमाथि गरिएको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन एवं पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर भई स्वतन्त्र र निर्वाहरुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन् । उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस