तीनकुनेमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा टिप्परको ठक्करबाट एक मोटरसाइकल चालकाको ज्यान गएको छ ।

प्रदेश ३–०१००३ क ४५६३ नम्बरको टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गौतमलाई गए राति पौने १० बजे टिप्परले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री