दुई दिन भारी वर्षाको सम्भावना, सतर्कता अपाउन आग्रह

काठमाडौं । आज पनि देशका केही स्थानमा भारी वर्षाका साथै चट्याङ पर्ने सम्भावना रहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश(१, बागमती, गण्डकी प्रदेश र प्रदेश(५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हेर्नुस् पूर्वानुमान :-

भाद्र २७ गते (शनिबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र २८ गते (आईतबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस