काठमाडौं । आज पनि देशका केही स्थानमा भारी वर्षाका साथै चट्याङ पर्ने सम्भावना रहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश(१, बागमती, गण्डकी प्रदेश र प्रदेश(५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हेर्नुस् पूर्वानुमान :-
भाद्र २७ गते (शनिबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भाद्र २८ गते (आईतबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।



