चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने वतार्इएकाे छ । आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला राखेकाे थियो ।
अार्इतवारदेखि देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ । विहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई जान दिइनेछ भने नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ भने । उता मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरेनीका विभिन्न क्षेत्रमा रोकिने छ ।
साे सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारीखसम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ ।
तपाईंको प्रतिकृया




