प्रदेश २ का मुख्यमन्त्रीले दिए नयाँ वर्षको शुभकामना

जनकपुर ।  प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले नयाँ वर्ष  शुभकामना सन्देश दिएका छन् । प्रदेश २ को प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति जारी गरेर स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीमा नयाँ वर्ष २०७५ को शुभकामना सन्देश दिएको हो।

शुक्रबार जारी गरिएको शुभकामना सन्देशमा मधेश आन्दोलनमार्फत एेतिहासिक उपलब्धीसँगै प्रदेशमा आर्थिक सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र प्रदेशलाई आत्मनिर्भर बनाउने उल्लेख छ। साे शुभकामना सन्देशमा प्रदेश २ मा रहेको प्रचूर सम्भावनाको उपयोग गरेर प्रदेशमा सुशासन कायम गर्दै समृद्ध एवं समुन्नत बनाउने समेत उल्लेख छ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस