काठमाडौं । आज विहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३१७ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३५ हजार ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




