काठमाडौँ । विहिबार सुनको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ९६ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी विहिबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ । विहिबार चाँदीको मुल्य तोलामा १० रुपियाँले बढेर १३ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




