मल अभाव खेपिरहेका किसानको धानमा गबारोको समस्या

चितवन । युरीया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ । धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाई दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन । खेतका बीचबीचमा थेग्लाथेग्ला भएर किरा लागेको छ । त्यही ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘रोग देखिएको ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा छर्दा प्रभावकारी हुन सकेन । गबारोले गुभो नोक्सान गरेको छ ।’ गबारोको लार्भा, प्यूपा हुँदै पुतली बनेको छ । पुतलीले ५–७ दिनभित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वालाको तल्लो कलिलो भाग खाईदिने उनको भनाइ छ ।

तिमिल्सिनाले किराकै कारण बाला पसाई सकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिने जानकारी दिनुभयो । समयमा रोगको नियन्त्रण गर्न सकेमा रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकिने उनको भनाइ छ । किसानको पुरानो अभ्यासअनुसार नै बारिको ठाउँ ठाउँमा टायर बालेर त्यसको तल भाँडामा सरफपानी राखेमा उज्यालोमा आएका किराहरु झरेर मर्ने उनले जानकारी दिए ।

पुतलीको माउ र फुल सजिलै चिन्न सकिने भन्दै उनले यो संख्या धेरै नहुने भएकाले कृषकले प्रत्यक्ष रुपमा नष्ट गर्न सक्ने वताए । उनले भने, ‘धेरै लागेको ठाउँमा पनि एक कठ्ठामा ४०–५० भन्दा बढि पुतली हुँदैन । यसो गर्न सकेमा रसायनिक बिषादीमा खर्च गर्नु नपर्ने उनको भनाइ छ । गबारोले जिल्ला भरिनै देखिएको उनले जानकारी दिए ।

त्यस्तै धानको पातमा लाम्चो कालो हुने ‘सिथ व्लाईट’ रोग पनि देखिन थालेको छ । यो रोगले धानको पात सुकाउँछ । पसाउने वेलाको धानमा देखीएको छ । धानमानै सेतो झिङ्गा पनि देखिन थालेको छ । यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पुर्‍याउने उनको भनाइ छ । यो रोग पूर्वी चितवनमा बढि रहेको छ । जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिधाकुरा अडिओ प्रकरण : अडिओ रेकर्ड गर्ने तिमल्सिना हिरासतमा

काठमाडौं । सिधाकुरा अनलाइन तथा युट्युवलाई अडियो उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमल्सिनालाई हिरासतमा राखिएको छ । आइतबार सर्वोच्च अदालतले उनलाई बयानका लागि बोलाएको थियो । तर बयान नसकिएपछि हिरासतमा राख्न अदालतले प्रहरीको जिम्मा लगाएको हो ।

प्रतिकृया दिनुहॊस